धरान: होलिल्याण्ड स्कुलले आयोजना गरेको महिला पुरुष अन्तर विद्यालय होलिल्याण्ड थ्री वाइ थ्री बास्केटवल प्रतियोगितामा आयोजक होलिल्याण्ड ए र चिल्ड्रेन एकेडेमी च्याम्पियन भएको छ । 

आज (आइतबार) भएको फाइनल खेलमा महिलातर्फ होलिल्याण्डले लोटस स्कुललाई हराउदै च्याम्पियन भयो भने पुरुषतर्फ चिल्ड्रेन्सले डिपो स्कुललाई पराजित गर्दै च्याम्पियन भएको हो ।  प्रतियोगितामा महिलातर्फ होलिल्याण्डले लोटसलाई ७–० स्कोरले हरायो भने पुरुष तर्फ चिल्ड्रेनले डिपोलाई १०–९ अंकले हरायो । 

प्रतियोगिताको विजेताले नगद ५ हजार रुपैया, एक हजार रुपैया वरावरको कफि पव रेष्टोको फुड भौचर पाएको छ भने उपविजेताले नगद २ हजार ५ सय, कफि पव रेष्टोको ५ सय रुपैया वरावरको फुड भौचर, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । 

basketball5

महिला तर्फको फाइनल खेलको म्यान अफ द म्याच होलिल्याण्ड एका नुमा लिम्वु र पुरुष तर्फ डिपो स्कुलका विपुल लिम्वु घोषित भए । उनीहरुले ट्रफि, प्रमाणपत्र र डिमाण्डु ज्वाइ खानाको पाच सय रुपैया वरावरको फुड कुपन प्राप्त गरेका छन् ।

   प्रतियोगिताको उत्कृष्ट खेलाडी महिला तर्फ होलिल्याण्ड स्कुलकै इक्सा लावती र पुरुषतर्फ चिल्ड्रेन स्कुलका पारुहाङ चेम्जोङ घोषित भए । उनीहरुलाई जनही नगद एक हजार रुपैया, ५ सय रुपैया वरावरको डिमाण्डु ज्वाइखाना फुड भौचर, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

basketball4

खेलाडीहरुलार्य कार्यकमका प्रमुख अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, होलिल्याण्ड स्कुलका प्रिन्सिपल राजकुमार लिम्वु, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई लगायतले पुरस्कार प्रदान गरेका थिए । समापन कार्यक्रममा सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु, नेपाल महिला बास्केटवल राष्ट्रिय खेलाडि डा. आशा राई लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल आयोजक होलिल्याण्ड स्कुलको बास्केटवल कोर्टमा सम्पन्न भएको थियो ।

basketball1

basketball2

basketball3