धरान: धरानमा जारी छैटौ हराईजन टुबोर्ग राष्ट्रिय बास्केटवल कपमा काठमाण्डौको बिशाल मिलन केन्द्र सेमिफाइनलमा प्रवेश गरेको छ । 

धरान १७ स्थित श्री घोपा माविको कोर्टमा आइतबार भएकोे खेलमा बिराटनगर बास्केटबल क्लबलाई ९८–८३ स्कोरले पराजित गर्दै विशाल मिलन केन्द्र सेमिफाइनल प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक खेलमा विशाल मिलनले पहिलो, तेस्रो र चौथो क्वार्टरमा विराटनगरलाई स्कोरमा पछि पारेको थियो भने विराटनगरले दोस्रो क्वार्टरमा मात्र स्कोरमा विशाल मिलनलाई पछि पारेको थियो । 

विशाल मिलनले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः २३, २४, २५ र २६ स्कोर गरेको थियो भने विराटनगरले क्रमशः २१, २५, १६ र २१ स्कोर गरेको थियो । खेलमा विशाल मिलनको लागि दिप्सन केसीले सर्वाधिक व्यक्तिगत ३१ स्कोर गरेका थिए । खेलको म्यान अफ दि म्याच पनि केसी नै घोषित भए । उनलाई आयोजक हराईजन क्लबका सल्लाहकार मदन राईले नगद पुरस्कार १५ सय र मेडल प्रदान गरे ।

basketball3

प्रतियोगितामा भोली (सोमबार) ब्रदर्श क्लब धरान र काठमाण्डौं रोयल्स एकेडेमीबीच खेल हुने आयोजक क्लबका अध्यक्ष बसन्त राईले जानकारी दिए । प्रतियोगिता दिउँसो ठिक ४ बजे शुरु हुनेछ । शनिबारदेखि शुरु भएको प्रतियोगितामा विभिन्न ८ टिमको सहभागिता रहेको छ । शनिबार उद्घाटन खेलमा आयोजक हराईजनलाई हराउदै साविक विजेता त्रिभुवन आर्मी क्लब पनि सेमीफाइनल प्रवेश गरिसकेको छ । चैत ११ गते हुने फाइनलको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया पाउनेछ भने उपबिजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया पाउने छ । 

भिडियो:

basketball1

basketball2