धरान: बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यसपाली पनि नहुने भएको छ । गत बर्ष पनि आयोजना हुन नसकेको २३ औं सँस्करण भोलीदेखि बैशाख ३ गतेसम्म हुने घोषणा गरिएको थियो ।
आयोजक धरान फुटबल क्लबले आज एक प्रेश विज्ञप्ती जारी गर्दै आर्थिक कठिनाईको कारण प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ । क्लबका अध्यक्ष किसोर राईले बैशाख ३० गतेको स्थानीय तह निर्वाचन र कोरोना महामारीको असरले गर्दा अपेक्षा अनुरुपको सहयोग रकम बजारबाट प्राप्त हुन सक्ने अवस्था नभएकोले प्रतियोगिता रोक्नु परेको जानकारी दिए ।
अब २३ औं सँस्करण आर्थिक बर्ष २०७८/०७९ अगावै सम्भव भएसम्म चाडो भन्दा चाडो आयोजनाको अर्को मिति घोषणा गर्ने पनि अध्यक्ष राईले जनाएका छन् । यसअघि फागुन १८ गते पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगितामा ८ टिम सहभागी हुने जानकारी दिएको थियो । विजेतालाई नगद १० लाख र उपविजेतालाई नगद ५ लाख दिने जनाएको थियो ।