धरानः धरानमा शनिबारदेखि प्रदेशस्तरीय हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा लेटाङ भेट्रान लेटाङले मिल्स भेट्रान विराटनगरलाई ३–२ गोल अन्तरले पराजित गर्यो । जितसँगै लेटाङ भेट्रान क्वाटर फाइनलको यात्रा तय गरेको छ । लेटाङका तर्फबाट प्रकाश थापाले २ गोल गरे भने भुवनसिंह राईले एक गोल गरेका थिए । 

पहिलो हाफमा ३–० ले पछि परेको मिल्स भेट्रानले दोस्रो हाफमा २ गोल फर्काएको थियो । मिल्स भेट्रानका लागि विजयकुमार भुजेल र प्रकाशचन्द्र राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच लेटाङका बिमल गुरुङ घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

veteran2

दोस्रो खेलमा जनता भेट्रान इटहरीलाई १–० गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान झापा क्वाटर फाइनलमा प्रवेश गरेको छ । दुधेका लागि भीम सिटौलाले गोल गरेका थिए । इटहरी भेट्रानले खेलमा पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमा गोल गर्न नसक्दा इटहरीले हार बेहो¥यो । खेलको म्यान अफ द म्याच दुधेका मनोज नाल्बो घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए ।

आइतबार पहिलो खेलमा आयोजक हाम्रो धरान भेट्रान र डाडाबजार भेट्रान बीच १ः३० बजे धरान रंगशालामा खेल हुनेछ भने दोस्रो खेलमा दमक लखनपुर भेट्रान र भरौल भेट्रानबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४० वर्ष माथी उमेर समुहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।