धरान: धरानको मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईको अग्रता कायमै रहेको छ ।
निर्वाचन कार्यालयले राती ८ बजेसम्म १३ हजार ६४५ मतगणनाको नतिजा सार्वजनिक गर्दा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । राईले ४१२२ मत प्राप्त गरेका छन् । उनलाई एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ३३३८ मत ल्याएर पछ्याइरहेकी छिन् । मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ३३०८ मत प्राप्त गरेर गठबन्धन र एमालेका उम्मेद्वारलाई चुनौती दिइरहेका छन् ।
यस्तै, उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ४५८१ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका उम्मेद्वार पदम इस्वोले ४००३ मत ल्याएर पछ्याइरहेका छन् । बैशाख ३० गते भएको मतदानमा धरानमा कुल ६२ हजार ८९७ मत खसेको छ । त्यसमध्ये हालसम्म १३ हजार ६४५ मत गणनाको नतिजा मात्र सार्वजनिक भएको हो ।