धरान: धरान वडा नं ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
निर्वाचनको मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा वडा ५ को अध्यक्षमा एमालेबाट मनप्रसाद लिम्बु (थलङ) १६१५ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष लिम्बुलाई १६१ मतान्तरले पराजित गरे । लिम्बुले १४५४ मत प्राप्त गरे । माओवादी केन्द्रबाट वडाअध्यक्ष उम्मेद्वार धनकुमार राईले १०३९ मत प्राप्त गरे ।
यस्तै, दलित महिला सदस्यमा शान्तामाया बिकले १५९८ मत पाएर विजयी भइन् भने खुला महिलामा सुनिता राई १६२३ मत पाएर विजयी भइन् । यस्तै, खुला सदस्यतर्फ प्रेम दाहाल १५४० र खुल्ला सदस्यमा विजय राई १५२४ मत ल्याएर विजयी भएका छन् ।