धरान: धरानको वडा नं ५ तल्लो देउरालीमा एक व्यक्तिको हत्या भएको छ ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार करिब ३०, ३५ बर्षको देखिने युवाको धारिलो हतियार प्रयोग गरेर उनको हत्या भएको छ । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव आज बिहान करिब साढे ५ बजे तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा भेटिएका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । 

शव भेटिएपछि डिएसपी श्रेष्ठ आफै अनुसन्धानमा पुगेका थिए भने वीपी प्रतिष्ठानको फोरेन्सिक विभागका डाक्टर, प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट बिशेषज्ञ कुकुरसमेत घटनास्थलमा पुगेको छ । मृतकको गर्धनको भागमा धारिलो हतियारले काटिएको, टाउको, शरीरको ढाँडमा समेत धारिलो हतियारले काटेको, घोचेर चोट बनाएको भेटिएको प्रहरीले जनाएको छ । मृतकको तस्बिर सार्वजनिक गर्दै धरान प्रहरीले उनको पहिचानमा सहयोग गर्न आग्रह पनि गरेको छ ।