धरान: आज शनिबार सार्वजनिक विदाको दिन पनि धरानका मेयर हर्कराज राई (साम्पाङ) उपमहानगरपालिका कार्यालय गएका छन् ।

बराह वचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो वचत पैसा फिर्ता नपाएका पछि संघर्ष समिति बनाएका वचतकर्ताहरुको समस्या सुन्न उनी शनिबार पनि कार्यालय गएका हुन् । संघर्ष समिति बनाएका वचतकर्ताहरुले मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाउदै आफुहरुको पैसा फिर्ता गराउन पहल गर्न आग्रह पनि गरेका छन् । साथै उनीहरुले बराहका सञ्चालक समितिमा बसेकाहरुलाई नेपाल बाहिर जान रोक लगाउनको लागि आवश्यक कदम चाल्न पनि अनुरोध गरे ।

baraha-harka1

संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले बराहका सञ्चालकहरुलाई जेठ १८ गतेसम्मको अल्टिमेटम दिइएको जानकारी दिए । वचतकर्ताहरुको समस्या हल नभए बराहको भानुचोकस्थित कम्प्लेक्स, धनकुटे रोडस्थित बराह भवन र भेडेटारको व्यापरिक भवन बन्द गराउने उनले चेतावनी दिए ।

के भने मेयर साम्पाङले ?

baraha-harka

मेयर साम्पाङले बराह सहकारी संघर्ष समितिको कुरा सुनिसके पछि कानुन र आफ्नो क्षेत्राधिकारभित्र रहेर पहल गर्ने आश्वासन दिए । आफु धरानबासीको सबै खालको दुःखमा साथ दिन्छु भनेरै निवार्चित भएर आएको सुनाउदै उनले कानुन बाहिर र क्षेत्राधिकार भित्र रहेर न्याय दिलाउने बताए । 

बराह पीडितहरुलाई हिजो पनि साथ दिएको स्मरण गराउदै मेयर साम्पाङले पीडितहरुलाई न्याय दिलाउनु पनि स्थानीय सरकारको जिम्मेवारी भएको बताए । 'वास्तविक पीडित कतिजना हुनुहन्छ ? कति रकम फिर्ता गर्नुपर्ने हो, तथ्यांक संकलन गर्नुस् । हरेक दुःखमा साथ छुँ,' मेयर साम्पाङले भने, 'नियम कानुन अनुसार जान्छौ । उहाँहरु पीडित हुनुहुन्छ, न्याय दिनु पनि स्थानीय सरकारको कर्तव्य हो, चुप लागेर बस्दैनौ ।'

भिडियो:

baraha1

baraha