धरान: शुक्रबार दिउँसो प्रचण्ड गर्मीमा धरानका मेयर हर्क साम्पाङ वडा नं ५ को अधेरी खोला पुगे । उनी खोलामा पुग्दा ट्याक्टरमा केही युवाहरु धमाधम ढुंगा लोड गरिरहेका थिए । 

नगर प्रहरीसहित मेयर साम्पाङ आफै खोलामा पुगेपछि ट्याक्टर भाग्न खोज्यो । तर, नगर प्रहरीले रोकेर लोड गरेको ढुंगा खोलामा नै झार्न लगायो । अधेरी खोला अत्यधिक ढुंगा, मिक्स गिट्टी चोरी तस्करी हुने खोलामा पर्छ । सहरदेखि टाढा पनि भएकोले यहाँबाट दिउँसै नदीजन्य पदार्थको तस्करी खुलेआम भइरहेको हुन्छ । शुक्रबार मेयर साम्पाङ अधेरी खोलामा पुग्दा पनि अवैधरुपमा ढुंगा उठाउने कार्य भइरहेको थियो ।

adheri-khola1

 स्थानीयका अनुसार अवैधरुपमा ढुंगा, मिक्सगिट्टी निकालेको नियन्त्रण गरेर साधनसहित प्रहरीमा बुझाएपनि मिलेमतोमा छोडिदिने गरेपछि तस्करी मौलाएको हो । करिब डेढ दशकअघि अवैध खोला उत्खनन्को विरोध गर्दा एक जनाको ज्यानसमेत गएको उनीहरुको भनाई छ । तस्करी रोक्न मेयरसँग स्थानीय र वडाका जनप्रतिनिधिहरुले पहलको लागि आग्रह गरेका छन् ।

adheri3

यसपाली नगरपालिकाले खोला उत्खनन् गर्न लगाएको ठेक्का रद्द गरिसकेको छ । त्यसैले खोलाबाट ढुंगा, मिक्स गिट्टी उठाउनु अवैध हुन्छ । मेयर साम्पाङले पहिलो पटक भएकोले ट्याक्टर नम्बर टिपेर छोडिएको र पुनः दोहोरिए जरिवाना तिराउन लगाउने बताएका छन् । अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरेको भेटिए पहिलो पटक सचेत गराएर छोड्ने गरिएको छ भने त्यसपछि पनि उत्खनन् गर्न नछोडे पहिलो पटक १० हजार र प्रत्येक पटक १० हजार थपेर जरिवना गराइने गरिएको छ । 


भिडियो:

adheri1