धरान: दक्षिण कोरियामा रोजगारीको क्रममा पुगेका धराने युवाहरुले धरान २० विष्णुपादुकास्थित २ वटा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।

वि धराने साथउ कोरिया नामको संस्था बनाएका धराने युवाहरुले ६० हजार बराबरको शैक्षिक सामग्री सहयोग गरेका हुन् । वडा नं २० को मदन आश्रित आधारभुत विद्यालय र सुलिकोट आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरिएको हो । सोमबार वि धराने फेसबुक पेजका युवाहरु र वि धराने साउथ कोरियाका प्रतिनिधि धरान ८ निवासी विश्व श्रेष्ठले दुवै स्कुलमा पुगेर शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् । 

korea-donation5

प्रतिनिधि श्रेष्ठका अनुसार धरानका युवाहरुले कोरियामा वि धराने दक्षिण कोरिया संस्था बनाएका छन् । उनीहरुले हरेक महिना आफ्नो तलबबाट केही रकम संस्थाको कोषमा जम्मा गर्ने गरेका छन् । यसपाली पहिलो पटक धरानको ग्रामिण क्षेत्रको विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको र भविष्यमा पनि अन्य विद्यालयहरुमा सहयोग जारी राख्ने उनले बताए । 

विद्यार्थीहरुलाई एक बर्ष पुग्ने गरि कापी, पेन्सिल, इरेजर, ज्यामिट्री बक्सलगायत शैक्षिक सामग्री प्रदान गरिएको वि धराने पेजका एडमिन तथा समन्वयकर्ता क्वाङ छाङले जानकारी दिए । साथै, दुवै विद्यालयको सिफारिशमा निम्न आर्थिक अवस्थाका एक छात्रासहित २/२ जना गरी ४ जना विद्यार्थीलाई विद्यालयको पोशाक र जुत्ता पनि प्रदान गरिएको उनले बताए ।  

साविक विष्णुपादुका गाविस धरानमा समायोजन भएर उपमहानगरपालिका भएको हो । गाउँबाट एकैपटक उपमहानगर भएपनि विष्णुपादुका क्षेत्र अझै विकास निर्माणमा पछि नै छ । भौगोलिकरुपमा पहाडी क्षेत्र भएकोले पनि विष्णुपादुकाबासीहरु थुप्रै सेवा सुविधाबाट बञ्चित छन् । 

भिडियो:

korea-donation8

korea-donation9

korea-donation3

korea-donation6

korea-donation7

korea-donation9

korea-donation4
korea-donation1