धरान: मेयर हर्क साम्पाङ खानेपानीको स्रोत जलाधार क्षेत्र जोगाउन र धराने जनतालाई पानी खुवाउने अभियानमा छन् । यसको लागि उनी पानीको स्रोत थप्न मात्र होइन, स्रोत बढाउन जलाधार क्षेत्र जोगाउन पनि लागिपरेका छन् ।

उनको यही अभियान अन्तर्गत आज (शनिबार) धरान ४ स्थित जलाधार क्षेत्रमा पर्ने छोटीमोरङमा वृहत वृक्षारोपण कार्यक्रम भयो । सिरिस, चिउरी, स्वामीलगायत २ सयको हाराहारीमा विरुवाहरु रोपिएको थियो । मेयर साम्पाङको आह्वानमा सेवक अभियान, धरान साइक्लिङ संघ, सेवक अभियान, सुनौलो आमा समुह धरान ८, सचेत धराने समुहलगायत विभिन्न संघसंस्थाहरुको पनि सहभागिता रहेको थियो । यसअघि पनि मेयर साम्पाङको नेतृत्वमा धरान वडा नं २० मा खानेपानीको मुहान क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम भएको थियो । 

jaladhar1

मेयर साम्पाङले जलाधार क्षेत्र जोगाउन र पानी स्रोत बढाउनको लागि वृक्षारोपण गरिएको बताए । उनले प्रकृति जोगाउनु पर्ने बताउदै प्रकृति जोगाउनु नै पनि विकास भएको बताए । उनले जलाधार क्षेत्रलाई मानव प्रवेश निषेध क्षेत्र बनाउने पनि बताए । धरान उपमहानगरको वातावरण शाखा प्रमुख भेषराज घिमिरेले रोपिएको विरुवाहरु संरक्षणमा पनि ध्यान दिने बताए ।

भिडियो:

    jaladhar8


jaladhar14

jaladhar6

jaladhar4

jaladhar5

jaladhar9

jaladhar7

jaladhar13

jaladhar10

jaladhar12

jaladhar11