धरान: गत बैशाख ३० गतेको निर्वाचनपछिको धरान उपमहानगरपालिकाको तेस्रो कार्यपालिका बैठक शुरु भएको छ ।

दिउँसो २ बजेको लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिला गरि शुरु भएको हो । अघिल्लो २ वटा बैठक प्रत्यक्ष प्रसारण गर्न दिइए पनि आजको बैठक भने सञ्चारकर्मीहरुलाई लाइभ गर्न दिइएन । बैठकमा भोली बुधबार हुने भनिएको नगरसभामा पेश हुने नीति तथा कार्यक्रमबारे महत्वपुर्ण छलफल भएको र नगरसभा सदस्यहरुले उक्त नीति तथा कार्यक्रम पाउनुअघि नै सार्वजनिक गर्न नहुने भएकोले बैठक लाइभ गर्न नदिइएको हो । 

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले नगरसभामा मात्र पेश गरेपछि सार्वजनिक गर्न मिल्ने नीति तथा कार्यक्रमबारे छलफल भएकोले लाइभको बिषयमा आवश्यक निर्णय लिन मेयर हर्क साम्पाङलाई आग्रह गरेका थिए । मेयर साम्पाङले पनि बैठक कक्षभित्र प्रवेश गरिसकेका पत्रकारहरुलाई नगर सभाअघि नीति तथा कार्यक्रमको बिषय सार्वजनिक गर्न नमिल्ने बाध्यता भएको कारण लाइभ नगरिदिन आग्रह गरेका थिए । 

मेयर साम्पाङले बैठक पछि निर्णयहरुबारे प्रवक्तामार्फत जानकारी गराउने पनि बताए । साथै उनले उनले नगरसभामा आएर लाइभ गर्न आग्रह गरेपछि पत्रकारहरु बैठक कक्षबाट बाहिरिएका थिए ।

भिडियो: