धरान: धरान मेघा थ्री वाइ थ्री एसइइ लेवल खुल्ला बास्केटवल प्रतियोगिता शुरु भएको छ । 

धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा आयोजित प्रतियोगितामा होलिल्याण्ड स्कुल ए, कार्मेल हाइ स्कुल, हिमशिखर स्कुल तरहरा र चिल्ड्रेन स्कुल सेमिफाइन प्रवेश गरेका छन्। धरान मेघा कलेजको बास्केटवल कोर्टमा दुई दिने प्रतियोगितामा शुरु भएको हो । होलिल्याण्ड ए टिमले युएन स्कुललाई ८–३, कार्मेल स्कुलले सयपत्री स्कुल तरहरालाई ६–३, हिमशिखर तरहरा स्कुलले झापा मोडल स्कुललाई ८–१ र चिल्ड्रेन स्कुलले होलिल्याण्ड वि टिमलाई ८–० अंकको अन्तरले क्वाटरफाइनलमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

basket1 2

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हिमशिखर र चिल्ड्रेन स्कुलले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल खेलमा कार्मेल र होलिल्याण्ड स्कुल बीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेलमा विजेता टिमले सोही दिन फाइनलमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद पाच हजार, दोस्रोले नगद २ हजार पाच सय रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजार र उदयीमान खेलाडीले नगद ५ सय रुपैया सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

basket2 1

कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान १२ नम्बर वडाका वडा सदस्य तथा धरान उपमहानगरपालिकाका अर्थ तथा सामाजिक लेखा समिति संयोजक ब्रह्मज्ञ भट्टराई र कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले संयुक्त रुपमा रेफ्रिलाई वल हस्तान्तरण गरेर भएको थियो । प्रदेश १ को वास्केटवल खेल विकासमा धरानको महत्वपुर्ण भुमिका रहेको वताउदै आफ्नो वडा वाट बास्केटवल खेल र खेलाडिको विकासका लागि नियमित रुपमा सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि भट्टराईले मन्तव्यको क्रममा बताए । यसका साथै उनले धरान उपमहानगरपालिकामा समेत बास्केटवल खेल विकासको लागि सहयोगको पहल गर्ने पनि उनले बताए । कार्यक्रममा धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडलले सहभागी खेलाडी तथा उपस्थितहरुलाई स्वागत तथा सुभकामना दिएका थिए । 

प्रतियोगितामा धरान र धरान वाहिरका गरि १८ वटा टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा कक्षा ५ देखि यसै वर्ष एसइइ दिएका विद्यार्थी खेलाडिहरुको सहभागिता रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक धरान मेघा कलेज रहेको छ भने सह प्रायोजकको रुपमा सगरमाथा एसडि कलेज रहेको छ । उद्घाटन कार्यक्रममा धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु, सगरमाथा एसडि कलेजका प्राचार्य सन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।

basket3 1

basket4 1