धरान: प्रदेश १ स्तरिय अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपमा धरान १५ स्थित होलिल्याण्ड स्कुल च्याम्पियन बनेको छ । 

     शुक्रवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा होलिल्याण्डले धरानकै चिल्ड्रेन एकेडेमीलाई ४४–३३ स्कोरको अन्तरले हराउदै रनिङ्ग कपमा च्याम्पियन बनेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले अग्रता लिदै उपाधिमाथि कव्जा जमाउन सफल भएको हो । खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले १३–६, ८–७, १२–११ र ११–९ स्कोरको अन्तर बनाएको थियो । खेलमा होलिल्याण्डका युडि लिम्वुले व्यक्तिगत १५ स्कोर गरे भने चिल्ड्रेनका पारुहाङ्ग लिम्वुले २० स्कोर गरे । 

holy-basket

      होलिल्याण्ड स्कुलले उपाधि ट्रफीसंगै नगद १५ हजार , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता चिल्ड्रेन एकेडेमीले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होलिल्याण्डका युडि लिम्वु घोषित भए । यसै गरि प्रतियोगिताभरिका हाइ स्कोररको उपाधि होलिल्याण्डकै इङवाहाङ लिम्वु घोषित भए । उनले प्रतियोगिताभरि चार खेल वाट व्यक्तिगत ७७ अंक जोडेका थिए । उनिहरुलाई जनहि दुई हजार रुपैया, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई सभाध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वर वहादुर लिम्वु, विद्यालय शैक्षिक गुठि कार्यसमिति कार्यवाहक अध्यक्ष लेफ्टिनेन्ट भिमवहादुर लिम्वु, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए । समापन समारोहका प्रमुख अतिथि प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाफे रहेकी थिइन् । उनले रेफ्रिलाई वल हस्तान्तरण गरेर फाइनल खेलको उद्घाटन गरिएको थियो । 

holyland-basketball

डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्राविधिक सहयोगमा श्रावण १५ गते देखि प्रतियोगिता सुरु भएको थियो । विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मान तथा स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको हो । लिम्वुको ८३ वर्षको उमेरमा वि।स। २०७८ श्रावण १५ गते निधन भएको थियो ।

प्रतियोगितामा धरान र धरान वाहिरका गरि १६ वटा विद्यालयले सहभागिता जनाएका थिए । समापन समारोहमा डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राई, विद्यालय व्यवस्थापन समिति सदस्य सुर्यप्रकाश पन्धाक, उपासि राई, इन्द्ररानि सुव्वा, सुनसरी बास्केटवल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो । स्वर्गीय मेजर लिम्बुका परिवारले प्रतियोगिताको लागि अक्षयकोष बनाउन ५ लाख रुपैया प्रदान गर्ने घोषणा पनि गरेको छ । 

भिडियो:

holy-basket1

holy-basket3