धरान :  प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेले धरान १६ धरान रंगशालास्थित इन्डोर कर्भडहल अवलोकन तथा निरिक्षण गरेका छन् । 

सुनसरी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका सदस्य सचिव वाग्लेले आइतवार कर्भडहल अवलोकन गरेका हुन् । वर्षायामको वेला प्रतियोगिता आयोजनाको लागि इन्डोर कोर्ट उपयुक्त हुने वताउदै उनले प्रदेश १ बास्केटवल र जुडो खेलाडी छनौट प्रतियोगिताको लागि आवश्यक तयारी शुरु गर्न सुनसरी खेलकुद विकास समितिलाई निर्देशन समेत दिएका छन् । 

     नेपालमा नै बास्केटवल खेल धरानबाट सुरु भएको बास्केटवल खेलका अग्रजहरुले बताउदै आएका छन् । वास्केटवल खेलको उर्वर मानिने धरानमा इन्डोर र आउटडोर दुवै राष्ट्रिय स्तरको प्रतियोगिता गराउन सकिने बास्केटवल कोर्ट उपलव्ध छन् । सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत बास्केटवल खेलको राष्ट्रिय प्रतियोगिता धरानमा नै भएको थियो ।

केही समयअघि नेपालमा सम्पन्न १३ औ सागको तयारीका लागि धरानमा बास्केटवल खेलको ४९ दिन क्लोज क्याम्प समेत राखिएको थियो । क्लोज क्याम्पमा महिला र पुरुष ६४ जना खेलाडीहरु सहभागी भएका थिए । सोहि कर्भडहलमा प्रदेश १ वास्केटवल र जुडो खेलका खेलाडि छनौट प्रतियोगिताका लागि सदस्यसचिव वाग्लेले अवलोकन तथा निरिक्षण गरेका हुन् । सुनसरीको धरानमा फुटवल खेलको महिला पुरुष, वक्सिङ्ग खेलको महिला पुरुष र क्रिकेट खेलको छनौट खेल भइसकेको छ ।