धरान: लामो समयपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्णक्षमताको अस्पताल फार्मेसी शुरु भएको छ । 

बिहिबार एक समारोहबीच उपकुलपति डा.ज्ञानेन्द्र गिरीले फार्मेसीको उद्घाटन गरे । निजी मेडिकललाई ठेक्कामा चलाउन दिएको फार्मेसी हटाएर प्रतिष्ठान आफैले करिब ५ बर्षअघिदेखि शुरु गर्ने तयारी गरेको थियो । अघिल्लो उपकुलपति स्वर्गीय प्रा.डा.आरके रौनियारको पालामा पनि फार्मेसी शुरुवात गरिएको थियो । तर, केही समयमा पछि औषधी पर्याप्त लिन नसकेर बन्द अवस्थामा पुगेको थियो । 

bp-farmacy1

फार्मेसी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति डा.गिरीले कुम्भकर्ण झैं सुतिरहेको फार्मेसीलाई निन्द्राबाट ब्युँझाएको र अब जनतालाई औषधी खरिदमा धेरै राहत मिल्ने बताए । साथै उनले संस्थालाई पनि आर्थिकरुपमा फाइदा हुने बताए । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संगौलाले अस्पताल भित्रै सबै प्रकारका औषधीहरु व्यवस्थापन गर्न सकिए विरामीले सुलभ मुल्यमा औषधी पाउने र प्रतिष्ठानको आम्दानी पनि बढ्ने भएकोले फार्मेसी सञ्चालन कोसेढुंगा सावित हुने बताए । 

bp-farmacy2

अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले गत बर्षको कार्तिक महिनादेखि एक समिति गठन भएर फार्मेसी सञ्चालनको पहल शुरु भएको बताए । पहिलो महिना मात्र ७४ हजारको औषधी बिक्री भएको जानकारी दिदै उनले अहिले एक महिनामा १ करोड ४४ लाख हाराहारीमा बिक्री पुुगेको पनि बताए । उनले अब औषधी विरामीको बेडमा नै पुर्याइदिने लक्ष्य लिएर गृहकार्य भइरहेको पनि उनले बताए । 

भिडियो: