धरान: आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट धमाधम स्वतन्त्र उम्मेद्वार घोषणा हुन थालेको छ । 

आइतबार धरान १६ स्थित गणेशमान चोकमा सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभा र प्रदेशसभा (क), (ख) मा स्वतन्त्र उम्मेद्वार घोषणा गरिएको छ । सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा तर्क बहादुर मगरले उम्मेद्वार घोषणा गरेका छन् भने सुनसरी क्षेत्र नं १ (क) बाट समिर तामाङ र सुनसरी १ (ख)बाट हेमचन्द्र राईको उम्मेद्वारी घोषणा गरेका छन् । तीनै जनाको उम्मेद्वारी घोषणा धरानका मेयर हर्क साम्पाङको टिमबाट गरिएको हो । 

उम्मेद्वार घोषण कार्यक्रममा तीनै जनाले भ्रष्टचार नगर्ने प्रतिवद्धता जनाएका छन् । साथै, ११ बुँदे संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै उनीहरुले धरान तथा सुनसरी क्षेत्र नं १ मा खानेपानी तथा सिचाईको समस्या दीर्घकालिनरुपमा व्ययवस्थापन गर्ने पनि जनाएका छन् । स्थानीयस्तरमा उत्पादित कृषि उपजको आधुनिकीकरण गर्दै आयात प्रतिस्थापन तथा आत्मनिर्भरता, कृषिको लागी नीति निमाृण गरी कार्यान्वयन गर्ने पनि उनीहरुको प्रतिवद्धता रहेको छ । 

swatantra-umedwar

यस्तै, गरिब तथा भुमिहिन सुकुम्बासीहरुको रोजगार तथा सामाजिक सुरक्षा, भुमी व्यवस्थापन गरी जीवनस्तर उकास्ने, पुर्वाधार विकासको निर्माण कार्यमा जनश्रमदान र जनतालाई विकाससँग जोड्ने अवधारणालाई लागु गर्न शैक्षिक पाठ्यक्रममा समाववेशको लागि आवश्यक नीति नियम बनाउने पनि प्रतिवद्धता जनाएका छन् ।

यस्तै, सुनसरी जिल्लाका सबै स्थानीय निकायहरु जोड्ने रिङरोडहरु मध्ये क्षेत्र नं १ धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रका बाटोको स्तरउन्नती गर्ने, विष्णुपादुका बराहक्षेत्र धार्मिक पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्न आवश्यक पदमार्ग र सडकहरुको स्तर उन्नती र निर्माण गर्ने, प्रत्यक्ष निवार्चित कार्यकारी प्रमुखको व्यवस्था गर्ने तथा सांसदहरु मन्त्री हुन नपाउने व्यवस्था गर्ने यसैगरि, राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था गर्नेलगायत प्रतिवद्धता पनि उनीहरुले जनाएका छन् ।

भिडियो: