धरान: किराती सभ्यताको विकासक्रम एवं मिथकमा आधारित नाटक खुवालुङ धरानमा थप ५ दिन मञ्चन हुने भएको छ । 

धरान ८ स्थित सभागृहमा जारी नाटक खुवालुङ असोज ११ गतेसम्म मञ्चन हुने भएको हो । भदौ २७ गतेदेखि सभागृहमा मञ्चन हुन शुरु भएको नाटक खुवालुङ यसअघि भदौ ५ गतेसम्म मात्र हुने भनिएको थियो । दर्शकहरु आउने क्रम जारी रहेको र धेरै जना नछुटोस् भनेर नाटक ११ गतेसम्म मञ्चन हुने निर्माण टिमका सदस्य तथा रंगकर्मी विष्णु मोक्तानले जानकारी दिए । 

मोक्तानका अनुसार असोज ६ गते रेष्ट हुनेछ भने ७ गते (शुक्रबार)देखि नियमितरुपमा नाटक नाटक मञ्चन हुनेछ । तर नाटक मञ्चन हुने समय पनि फेरिएको मोक्तानले बताए । असोज ७ गतेदेखि ९ गतेसम्म साढे १२ बजे एक शो र साढे ४ बजे दोस्रो शो मञ्चन हुनेछ । साढे १२ बजे बाहिरबाट आउने दर्शकलाई मध्यनजर गरेर मञ्चन हुने उनले बताए । असोज १० र ११ गते भने दिउँसो साढे १२ बजे मात्र नाटक मञ्चन हुने मोक्तानले जानकारी दिए । ‘खुवालुङ नाटक मात्र नभएर सभ्यता हो, नाटकले मानव सभ्यता कसरी विकास हुदै आयो, हाम्रो जीवनशैली कसरी विकास भयो भनेर भन्छ । नाटक मात्र भन्न मिल्दैन, मानव सभ्यतासँगसँगै हाम्रो जीवनशैलीसँग जोडिएको बिषय हो,’ मोक्तानले भने ।

भिडियो :