धरान: धरानको खानेपानी योजनाको लागि भूपू सैनिकहरुकोतर्फबाट ३ करोड बढीको योजना आउने भएको छ ।

रेजिमेन्टल एशोसिएशन (नेपाल) पुर्वक्षेत्रको पहलमा गोर्खा वेलफेयर ट्रष्टले २ लाख १२ हजार पाउण्डको अनुदान स्वीकृत गरेको हो । यसको नेपाली रकम ३ करोड बढी रहेको छ । एशोसिएशनका सचिव क्याप्टेन विष्णुकुमार राईले केही समयअघि ब्रिटिश गोर्खा नेपालका कमाण्डर कर्नेल पौल स्मिथमार्फत एशोसिएशनले ट्रष्टलाई खानेपानीको लागि सहयोग माग गरेको जानकारी दिए । बोर्ड अफ ट्रष्टी डाइरेक्टरहरुको गत हप्ताको बैठकले एशोसिएशनको अनुरोधलाई अनुमोदन गर्दै अनुदान स्वीकृत गरेको जानकारी स्मिथमार्फत आएको सचिव राईले बताए । ट्रष्टको सहयोग रकमले धरानको खानेपानी आपूर्तिको लागि आवश्यक संरचना निर्माणमा खर्च गरिने पनि उनले बताए ।

welfare1

आर.डब्लु.एफ.ई.पि.पि.) को पुर्वक्षेत्रीय कार्यालय प्रमुख कृष्णमान गुरुङका अनुसार योजनाको डिटेल सर्वेको काम शुरु भइसकेको छ । सर्वे सकिएपछि डिजाइन, ड्रइङलगायतको कामहरु अघि बढ्ने उनले जानकारी दिए । यो योजना आपगाछी नजिकै खर्दु खोलाबाट हुनेछ । जहाँ ३ वटा इन्टेक थप हुने र एउटा कलेक्सन च्याम्बर पनि बन्ने गुरुङले जानकारी दिए । करिब २.८ किलोमिटर पाइपलाइन विछ्याइनेछ । साथै, पानी प्रशोधनको क्षमता पनि बढाउने उनले बताए । 

welfare

यो योजना १२ महिनाको लागि नभएको पनि गुरुङले प्रष्ट्याए । बर्षामा पनि जंगलमा बोरिङ गरेर पम्पमार्फत पानी वितरण गर्दा महंगो विजुली खर्च भइरहेकोले यसलाई कम गर्न साथै ५, ६ महिना सुद्ध पानी वितरण गर्ने उद्देश्य रहेको उनले बताए । सिनियर वेल्फेयर असिफर पुर्ण लिम्बुले विगतमा वेल्फेयरलाई खानेपानीको लागि उपमहागनगरपालिकाबाट अनुरोध नभएको तर यसपाली मेयर हर्क साम्पाङले सम्पुर्ण भूपू सैनिकहरुलाई आग्रह गरेपछि योजना अघि बढाइएको बताए । एशोसिएशनका अध्यक्ष मेजर झप्तमान लिम्बुले भूपू सैनिकहरुले गरेको काम सबै सामु पुग्नुपर्ने बताए । साथै उनले यो योजनालाई विफल हुन नदिने भन्दै निरन्तर नियमन पनि गर्ने बताए । 

भिडियो: