धरान: तिहारमा सयपत्री फूलको व्यापार धेरै हुन्छ । धरानमा मात्रै तिहारमा एक करोड बढी सयपत्री फूलको कारोबार हुन्छ । 

धरान ४ वसन्तटारका अर्गानिक कृषि खेती अभियन्ता कृष्ण राईले धरान १३ स्थित कृषि बजारबाट तिहारमा मात्र करोड बढीको कारोबार हुने जानकारी गत बर्ष पाए । अर्गानिक तरकारी खेती गरेर देशमै नाम कमाएका उनै युवा कृषक राईले यसपाली परीक्षणको लागि धरान १५ मा सयपत्री फूलको खेती गरे । उनले व्यावसायिकरुपमा सयपत्री फूलको खेती गरेको यो पहिलो पटक हो । 

sayapatriko1

अन्य तरकारी बालीसँगै मिश्रितरुपमा सयपत्री फूलको खेती गरेका राईलाई अहिले फूलको माग धान्न भ्याई नभ्याई छ । उनका ग्राहकहरु बारीमै फूल लिन आइपुग्छन् । यसपाली धरानमा थोरै मात्र जग्गामा खेती गरेका उनले धनकुटा र तेह्रथुममा पनि स्थानीय कृषकसँग सहकार्य गरेर फूलको खेती गरेको जानकारी दिए । माग र व्यापार राम्रो भएकोले अर्को बर्ष वृहतरुपमा नै फूलको खेती गर्ने उनले बताए । 

sayapatriko3

तिहारमा मात्र करोड बढीको कारोबार हुने र भारतीय फूल भित्रिने गरेको छ । कृषक राई नेपालीहरुले विदेशबाट आयात गरेको भन्दा स्वदेशमा नै उत्पादन भएको फूल, तरकारीलगायत वस्तु उपभोग गरेमा राष्ट्रको अर्थतन्त्र वलियो हुने र राष्ट्रियता पनि बलियो हुने बताए । ‘मैले यसपाली अढाई, तीन लाख थुंगा फूल उत्पादन गर्ने लक्ष्य लिएको छुँ, यतिले मात्र पनि ६,७ लाख रुपैया भारत जानबाट रोकिन्छ,’उनले भने,‘यसरी नै सबैले उत्पादनमा जोडदिने र स्वदेशकै उत्पादन उपयोग गर्ने हो भने नेपाली पैसा विदेश जादैन । अर्थतन्त्र मजबुद हुन्छ, र राष्ट्रियता पनि वलियो हुन्छ । राष्ट्रियता भनेकै यही हो ।’

sayapatriko

भिडियो: