धरान: मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं १ को मतगणना धरान ८ स्थित सभागृहमा नै हुने भएको छ । 

सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर निर्वाचनको सम्पुर्ण प्रक्रियाहरु त्यहीबाट भइरहेको छ । मतदान पश्चात मतपेटिकाहरु संलकन गरेर सभागृहमा नै सुरक्षित राखिने र मतगणना पनि त्यही हुने निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिए । उनका अनुसार अहिले मतगणनाको लागी ४ वटा ठाउँ तयार गरिदैछ । सुरक्षाको लागी फेन्सिङ गरिनेछ भने सिसिटिभी पनि जडान गरिनेछ । 

election2

विगतमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जिल्ला सदरमुकाम इनरुवामा लगिन्थ्यो । यसपाली भने निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको धरान सभागृहमा नै मतगणना हुने भएको हो । अधिकृत अर्यालका अनुसार सुनसरी क्षेत्र नं १ मा १५२ वटा मतदान केन्द्र रहेको छ । त्यहाँ मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत सम्पुर्ण कर्मचारी पुगिसकेका छन् भने निर्वाचन सामग्री, मतपत्र, बक्सा सबै पुगिसकेको छ भने शुक्रबार नै सर्वदलीय बैठक मतदान केन्द्रहरुमा बस्नेछ । 

यस्तै, शनिबार मतदान केन्द्र निर्माण हुनेछ । आइतबार (मंसिर ४ गते) बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकिएको छ । अधिकृत अर्यालयका अनुसार उम्मेद्वार तथा दलका प्रतिनिधिहरुबीच मतदान निष्पक्ष, स्वतन्त्र, सहजरुपमा सम्पन्न गर्न सहजीकरणको लागि सर्वदलिय वैठक गरिनेछ । उनका अनुसार ४० वटा मतदानस्थलमा १५२ वटा मतदान केन्द्र बनाइएको छ । 

election3

सुरक्षाको दृष्टिले सुनसरीको धरान वडा नं ५ को एक मतदानस्थललाई मात्र संवेदनशील मानिएको छ र बिशेष सुरक्षा व्यवस्था पनि गरिने अधिकृत अर्यालले जानकारी दिए । मतपत्र सुरक्षाको लागि सिसिक्यामेरा जडान हुनेछ भने मतपत्रलाई सुरक्षित गर्न तारजालीको घेराबारा गर्नेलगायत काम गरिरहेको पनि उनले बताए । सुनसरी क्षेत्र नं १ मा कुल १ लाख ४१ हजार मतदाताहरु छन् । मतगणना शुरु भएको करिब १० दिन जति लाग्ने अनुमान गरिएको पनि अधिकृत अर्यालले बताए । मतगणनास्थल ४ ठाउँमा तयार गरिएको र २ वटा थप्ने तयारी गरिएको पनि अधिकृत अर्यालले जानकारी दिए । 

भिडियो: