धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश)को अग्रता कायमै रहेको छ । 

हालसम्म कुल ८४३६ मत गणना सकिदा मुकेशले १८९८ मत प्राप्त गरेका छन् । उनले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ३३० मतले पछाडि पारेका छन् । राईले १५६८ मत पाएका छन् । 

भिडियो:

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) ले १५०० मत प्राप्त गरेकी छिन् । स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले १२०२ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक राई (अविरल)ले ११११ मत पाएका छन् । हर्क साम्पाङ समुह भनिएका स्वतन्त्र उम्मेद्वार तर्क मगरको मत मात्र २५१ रहेको छ । 

sun.1 1