धरान: १७ औ ललित अम्वर डिपो कप प्रतियोगिताको उपाधि पुलिस स्कुलले चुमेको छ ।

शुक्रवार भएको फाइनल खेलमा पुलिस स्कुलले इष्टर्न एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । पुलिसको जितको लागि दुवै गोल दिव्याङ्गसु विकले गरेका थिए । विजेता पुलिस स्कुलले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेतामा सिमित रहेको इष्टर्नले नगद ५ हजार हात पार्यो भने प्रतियोगितामा तेस्रो भएको धरान लिगामेन्टले नगद ३ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

 फाइनल खेलको म्यान अफ द म्याच इष्र्टन स्कुलका आयुष चाम्लिङ घोषित भए । प्रतयोगिताको उत्कृष्ट खेलाडि पुलिस स्कुलका यारिन भुजेल घोषित हुदा उच्च गोलकर्ता दिव्याङ्गसु विक भए । यसैगरि, वेस्ट डिफेन्स इष्र्टनका अविनास राउत र उत्कृष्ट गोलकिपर पुलिसका आदित्य राई घोषित भए । उनीहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

depo-champs5

 समापन कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वु, विशेष अतिथि लेफ्टिनेन्ट भिमराज लिम्वु, प्रतियोगिता संयोजक एएसपि विरेन्द्रविक्रम लिम्वु, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

        लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेता एक्वा स्कुल र उपविजेता वराह राइजिङ्ग स्कुलका खेलाडिहरुलाई समापन कार्यक्रम कै दिन पुरस्कार वितरण गरिएको थियो । प्लेट च्याम्पियनका विजेता एक्वा स्कुलले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वराह राइजिङ्गले नगद २ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख मेयर हर्क साम्पाङ समापन कार्यक्रमका प्रमुख अतिथि रहेका थियो । कार्य व्यस्ताताका कारण उनी पुरस्कार वितरण समारोहमा भने सहभागी भएनन् । 

depo-champs3

depo-champs4

depo-champs6

depo-champs7