धरान:  धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज पनि बस्न सकेन । 

बिहान ८ बजे समय तोकेर बोलाइएको बैठकमा मात्र ४ जना वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु उपस्थित भएका थिए । बैठकमा वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १८ का नरेन्द्रकुमार राई (प्रविण) र वडा नं ६ का भुपेन्द्र भट्टराई मात्र सहभागी थिए । बैठकमा कार्यपालिका सदस्य दिनेश गजमेर र वडा नं १४ बाट प्रतिनिधि भएर आएकी झरना सुनुवार केहीबेर बसेर बाहिरिएका थिए ।

उनीहरु बाहिरिएपछि बैठकमा प्रतिनिधिमुलक ४ जना वडाअध्यक्षहरु मात्र रहेका थिए । कार्यपालिका सदस्यहरुकोतर्फबाट वडा १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता भट्टराईले मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरु बैठकमा सहभागी नहुने बताए ।

meeting1

मेयर साम्पाङले आफ्नो गल्ती स्वीकार गर्ने भन्दा पनि तोकआदेशको भरमा नगर चलाउछुँ भन्दै कार्यपालिका सदस्यहरु धरान बिगार्न आएको भन्ने भ्रम फैलाइरहेकोले पनि बैठकमा सहभागी नहुने बताए । उनले साबुन उद्योगको संरक्षण समिति गठन गरेको बिषयमा पनि प्रश्न उठाएका थिए ।

मेयर साम्पाङले आफुले माफी माग्नुपर्ने गरि केही नबोलेको भन्दै माफी नमाग्ने अडान राखे । उपमेयर अइन्द्रबिक्रम बेघाले मेयर र वडाअध्यक्षहरुले मेरो गोरुको बाह्रै टक्का भनेजस्तरी अडानमा रहीरहदा धरान अनिर्णयको बन्दी हुने र जनताको मुद्दाहरु ओझेल पर्ने भएकोले दुवैपक्षले पुर्नविचार गर्नुपर्ने बताए । 

भिडियो: