धरान : धरान स्थापनाको सन्दर्भ पारेर आयोजना हुन लागेको तीन दिने धरान उत्सवको अवसरमा आज बिहानै वृहत सरसफाई कार्यक्रम भएको छ । 

पुष २० गते बुधबारदेखि तीन दिने धरान उत्सव पब्लिक स्कुलको मैदानमा हुदैछ । सोही उत्सवको प्रचारप्रसारलाई लक्षित गरेर आज बिहान तीनकुनेदेखि अरुण पेट्रोल पम्मसम्म वृहत सरसफाई कार्यक्रम भएको हो । सेवक अभियानले संयोजन गरेको सरसफाई कार्यक्रममा धरानका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा ८ का अध्यक्ष धनबहादुर राईसँगै वडा ८ र १५ का टोल विकास संस्थाहरुको पनि वृहत सहभागिता रहेको थियो ।

मेयर साम्पाङले धरानलाई नेपालकै सफा सहर बनाउने आफ्नो लक्ष्य रहेको र सरसफाई अभियानमा जोड दिएको बताए । तर आफ्नो घर, पसल अगाडि फोहोर हुन नदिन सबैले ध्यान नदिएको पनि उनले बताए । धेरै जसो गुट्खा, चुरोटका खोल, टुटाहरुले सहर फोहोर देखिएको भन्दै उनले अब कडा जरिवाना गर्ने पनि बताए । 

safai2

उपमेयर बेघाले पनि एक दिनको सफाईले मात्र सहर सफा हुने नभएपनि अभियानकोरुपमा निरन्तरता दिइने र सन्देशको लागि कार्यक्रम महत्वपुर्ण भएको बताए । वडाअध्यक्ष राईले पनि अब मेयर, उपमेयर र वडाअध्यक्षहरु सबै मिलेर काम गर्ने बताए ।  संयोजक सेवक अभियानका अध्यक्ष राजिव हलवाईले आफ्नो संस्थानले साप्ताहिकरुपमा सरसफाई अभियान गरिरहेको जानकारी दिदै यसपाली धरान उत्सवलाई पन लक्षित गरिएको बताए । धरान आउने पर्यटकहरुले प्रवेशद्धारमा नै फोहोर देख्दा नराम्रो छाप पर्ने भएकोले तीनकुदेखि सरसफाई कार्यक्रम गरिएको उनले बताए ।

भिडियो:

   safai3