धरान: सुनसरीको बराहक्षेत्रमा एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । 

बराहक्षेत्र ५ सिमरबनका ६५ बर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्न गएको बेला आज बिहान करिब ११ बजे माझीलाई हात्तीले आक्रमण गरेको हो । माझी रामझोडास्थित जनजागृती सामुदायिक वनको पोखरी छेउमा घाँस काट्न गएको स्थानीयको भनाई छ । 

जङ्गली हात्तीको आक्रमणबाट टाउकोमा किचेर मारेको र सेउलाले छोपेको अवस्थामा माझीको शव फेला परेको थियो । स्थानीयका अनुसार एक महिनादेखि जंगली हात्तीको आतंक चलिरहेको छ । जंगलमा ५ वटा हात्ती घुमफिर गरिरहेको पनि स्थानीयले बताएका छन् । मृतक माझीको शव पोष्टमार्टमको लागि वीपी प्रतिष्ठान लगिएको छ ।