धरान: एन-प्याब्सन अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले जितेको छ ।

राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन, नेपाल (एन प्याव्सन) नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको शुक्रबा सम्पन्न फाइनलमा पुरुष तर्फ धरान मेघा विजेता भएको हो भने महिलातर्फ सियोन विजेता बनेको हो । पुरुषतर्फ धरान मेघाले लोटस स्कुललाई ४२-३१ अंकले हरायो । महिला तर्फ सियोनले पर्वत स्कुललाई १८-७ अङ्कको अन्तरले हराउदै च्याम्पियन बन्यो । पुरुषतर्फ फाइनल खेलको प्रत्येक क्वाटरमा धरान मेघा र लोटसले ९-४, १३-२, १४-१३ र ६-१२ अङ्क जोडेका थिए । यस्तै, महिलातर्फ सियोन र पर्वत स्कुलले ३-३, ४-०, ४-२ र ७-२ अङ्क जोडेका थिए ।

basket5

विजेता तथा उपविजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी पुरुषतर्फ धरान मेघाका योगेश राई र महिलातर्फ सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन् । प्रतियोगिताका हाइ स्कोरर पुरुषतर्फ लोटस स्कुलका सावन माझी र महिला तर्फ पर्वत स्कुलका स्वेता राई घोषित भइन् । सावनले प्रतियोगिताको ३ खेलबाट ब्यक्तिगत २५ अङ्क र स्वेताले २७ अङ्क जोडेका थिए । 

basket4

धरान उपमहानगरपालिका शिक्षा शाखा प्रमुख शम्भुप्रसाद पाण्डेको प्रमुख अतिथ्यमा सम्पन्न समापन कार्यक्रमका बिजेता तथा उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, बिशेष अतिथी नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, सियोन स्कुलका अध्यक्ष खड्कबहादुर मगरलागयतले पुरस्कार बितरण गरेका थिए । 

     एनप्याब्सनको खेलकुद सप्ताह अन्तर्गत आयोजित बास्केटवल प्रतियोगितामा कक्षा १२ सम्मका महिला तर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएको थियो । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको थियो । 

basket1