धरान: वंगलादेशको काउरन बजार प्रगति संघलाई टाइब्रेकरमा ३ १ गोलअन्तरले पराजित गर्दै २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा एन्फा मोरङ सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा वंगलादेशविरुद्ध जित हात पार्न एन्फा मोरङले टाइब्रेकरसम्म संघर्ष गर्नुपरेको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै टाइब्रेकरमा लगिएको थियो ।

IMG_0322

पेनाल्टी सुटआउटमा मोरङका धिरे विष्ट गोल गर्न असफल भएपनि सञ्जय धिमाल, सान याक्खा र मनिष धिमालले गोल गर्दै टिमलाई जित दिलाए । वंगलादेशका खोका बाबुको पहिलो प्रहार गोल भएपनि त्यसपछिका खेलाडीहरु फोरिड, सागोर र साहिनको पेनाल्टी प्रहार मोरङका गोलकिपर रमिजय गच्छदारले रोके । गोलकिपर गच्छदार खेलको म्यान अफ दि म्याच घोषित हुदै नगद १० हजार पनि हात पारे ।

खेलअवधिमा दुवै टोलीले थुप्रै गोल गर्ने अवसरहरु खेर फालेको थियो । एन्फा मोरङको जितसँगै प्रतियोगितामा सेमीफाइनल समीकरण पनि पुरा भएको छ । बुधबार हुने पहिलो सेमीफाइनल खेलमा काकडभिट्टा ट्रेनिङ सेन्टर झापा र युनाइटेड कर्साङ फुटबल क्लब, भारतबीच हुनेछ । आज (मंगलबार)को विजेता एन्फा मोरङले बिहिबार क्यामरुनी क्लब एभिनियरको सामना गर्नेछ ।

भिडियो:

    IMG_0298 copy

IMG_0376 copy