धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापा फाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब भारतलाई ३–१ गोलअन्तरले हराउदै झापा फाइनल प्रवेश गरेको हो । झापाको जितमा विदेशी खेलाडी यमी, शुशिल राई र निशान लिम्बुले गोल गरे । पहिलो हाफको २२ औं मिनेटमा यमीले गोल गरेका थिए भने दोस्रो हाफको छैटौं मिनेटमा शुशिलले दोस्रो गोल गरे । दोस्रो हाफको ४४ औं मिनेटमा कर्साङका खेलाडीले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टी अवसरमा निशानले तेस्रो गोल गरेका थिए ।

IMG_0452 copy

कर्साङले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । हेमराज भुजेलले हेड गर्दा झापाका गोलकिपर बिट भएर गोल भएको थियो । खेलको म्यान अफ दि म्याच झापाका खेलाडी यमी घोषित भए । उनले नगद १० हजार पनि हात पारे । प्रतियोगितामा भोली (बिहिबार) क्यामरुनको एभिनियर क्लब र एन्फा मोरङबीच अन्तिम तथा दोस्रो सेमीफाइनल खेल हुनेछ । 

भिडियो: