धरान: २३ औं बुढासुब्बा टुबोर्ग गोल्डकपमा क्यामरुनको एभेनियर फुटबल क्लब फाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोलले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गरेका थिए भने दोस्रो हाफको ४२ औं मिनेटमा क्यामरुनले आत्मघाती गोल उपहार पायो । मोरङका खेलाडी सुजन चौधरीले डिबक्सभित्र वाल रोक्ने प्रयास गर्दा आफ्नै पोष्टमा गोल भएको थियो ।

IMG_0496 copy

खेलको म्यान आफ दि म्याच क्यामरुनका डिन घोषित भए । उनले नगद १० हजार पनि हात पारे । क्यामरुनले शनिबार उपाधिको लागी काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाको सामना गर्नेछ । झापाले बुधबार युनाइटेड कर्साङ फुटबल क्लब भारतलाई ३–१ ले हराउदै फाइनल प्रवेश गरिसकेको छ ।