धरान: फागुन १७ गतेदेखि धरान ८ स्थित सभागृहमा नाटक कुमार मामा दैनिक मञ्चन भइरहेको छ । 

पत्रकार एवं साहित्यकार जनकऋषि राईको कथासंग्रह बस्तीभित्रको कथा कुमार मामालाई रंगभुमी एकेडेमीका निर्देशक विष्णु मोक्तानले नाट्य रुपान्तर गरेका हुन् । दैनिकरुपमा दिउँसो साढे ४ बजे मञ्चन हुने यो नाटक हेर्न आइतबार मेयर हर्क साम्पाङ पनि सभागृह पुगे । 

आफै टिकट काटेर नाटक हेरेपछि मेयर साम्पाङले प्रतिक्रिया दिदै नाटक र कलाकारहरुको प्रशंसा गरे । नाटकले राजनीतिक परिवर्तन भएपनि जनताको सपनाहरु पुरा हुन नसकेको तीतो यथार्थलाई प्रस्तुत गरेको बताए । आफु जस्तै सरकारका प्रमुखहरुले जनताको जीवन परिवर्तनमा सोच्नुपर्ने पनि उनले बताए । 

मेयर साम्पाङले सभागृह र अलपत्र परेको नाटक घर निर्माणको लागी केन्द्र सरकारलाई बिशेष योजना बनाएर गुहारेको जानकारी दिदै प्रदेश र संघका प्रतिनिधिहरुले पनि बिशेष गरि पहल गर्नुपर्ने बताए । सभागृह बनाउन ठुलो बजेट आवश्यक रहेको भन्दै उनले सरकारबाट बजेट नपाए श्रमदान अभियान चलाएर नै मर्मतसम्भार गर्न सकिने पनि बताए । 

kumar mama1

उनले भने,‘सभागृह यत्रो ठुलो संरचना बनाउनको लागी हामीले धेरै खर्च गर्नुपर्ने हुन्छ । बनाइरहेको संरचना स्यहारसुसार गर्ने हो । साह्रै भएन भने यसको लागी पनि श्रमदान अभियान चलाएर गर्नसक्छौं । कुनै ठुलो कुरा होइन, चाह्यौं भने हातेमालो गर्ने हो भने सबैकुरा गर्नसक्छौं । छट्टै जीर्णोद्धार गछौं ।’

उनले पार्टी मिलेन भनेर बाझ्न छोड्नुपर्ने धारणा राख्दै पार्टीगत मतभेदको भिन्नता कम गर्न र सामाजिक एकता कायम राख्ने उद्देश्यले पनि श्रमदान अभियान चलाएको बताए । देशको समुचित विकास हुन कला, सँस्कृति, साहित्य, संगीत सम्पुर्ण कुरा सवल हुन जरुरी रहेको भन्दै मेयर साम्पाङले कला, साहित्य, सँस्कृतिलाई महत्व दिएर नै राज्य अघि बढ्नुपर्ने पनि बताए ।

भिडियो: