धरान:  स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिगकम नकआउन अन्तर वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । 

धरान १६ स्थित रंगशालामा बिहिबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १७ ले जित हात पारेको छ । वडा नं ११ लाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै वडा १७ ले महत्वपुर्ण ३ अंक बटुल्न सफल भएको छ । वडा १७ को जितमा दोस्रो हाफको ५० औं मिनेटमा कृष्ण राईले निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित भए । उनले नगद १५ सय, मेडल र ट्रफी पाए ।

subas rai2

२०७४ सालको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा निवार्चित तथा नगरस्तरीय खेलकुद विकास समितिका तत्कालिन संयोजक सुवास राईको निधन भएपछि उनको स्मृतिमा गत बर्षदेखि सुपर ८ लिगकम नकआउट प्रतियोगिता शुरु गरिएको हो । स्वर्गीय राई धरान फुटबल क्लबका पुर्वअध्यक्ष पनि हुन् ।

प्रतियोगितामा वडास्तरीय गोधुली रनिङ कपको क्वार्टरफाइनलसम्म पुगेका टप ८ टिमलाई सहभागिताको अवसर पाउनेछन् । यसपाली फाइनल जितेको वडा १७ र उपविजेता वडा १५ सँगै वडा १, ५, ११, १४, १६ र २० पनि प्रतियोगितामा सहभागी रहेको छ । गत बर्ष पहिलो सँस्करणको फाइनलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा १५ ले उपाधि जितेको थियो । 

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेवष्ट मिड फिल्डर घोषितलाई नगद र ट्रफी पुरस्कार दिइनेछ । शुक्रबार वडा नं १५ र वडा १४ बीच खेल हुनेछ । धरान उपमहानगरपालिका आयोजक र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको प्रतियोगिता जेठ २७ गतेसम्म हुनेछ ।

भिडियो: