धरान:१८ औ ललित अम्वर डिपो कपको तयारी पुरा भएको छ ।

प्रतियोगिता डिपो स्कुलको आयोजनामा मंसिर १५ (शुक्रवार) देखि मंसिर २२ गते सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटनमा आयोजक डिपो स्कुल र हिमशिखर स्कुल तरहराबीच खेल हुनेछ । सुनसरी जिल्ला स्तरिय प्रतियोगिताको १८ औ संस्करणमा धरानका १२ र धरान वाहिरका ४ विद्यालयले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । 

सहभागी विद्यालयहरुमा धरानबाट आयोजक डिपो, काम्रेल स्कुल, नेपाल पुलिस, एक्वा सेकेन्डरी, माउन्ट हर्मन, दिल्ली पव्लिक, विष्णु मेमोरियल, देउराली चिल्ड्रेन, हिबिकस, मेरिल्याण्ड, प्रभात र समिट स्कुलले सहभागिता जनाएको छ।  यसैगरि धरानबाहिरबाट हिमशिखर तरहरा, मर्निङ्ग स्टार भरौल, बराह राइजिङ्ग स्टार र लर्ड वुद्ध स्कुल रामधुनीबाट सहभागिता जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैया, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि प्रतियोगिताको उत्कुष्ट खेलाडि, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै, दिल वहादुर प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । डिपो कपको पहिलो चरणमा पराजित टिमले दिल  वहादुर प्लेट च्याम्पियन प्रतियोगिता खेल्नेछ । प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको खेल मैदानमा संपन्न हुनेछ ।