धरान: दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप शुक्रबारदेखि शुरु भएको छ । 

डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा शुक्रवार प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा कार्मेल स्कुल विजयी भएको छ । कार्मेलले आइडल स्कुललाई १८–१४ अंकको अन्तरले पराजित गर्यो । खेलको प्रत्येक क्वाटरमा कार्मेल र आइडल स्कुलले ०–३, ७–०, ७–६ र ४–५ अंक जोडेका थिए।

यसैगरी, सोही दिन भएको अन्य खेलमा सुनाखरीले सत्यशिशु सदनलाई २४–१०, समिट स्कुलले पदम स्कुललाई ३५–७ र प्रभात स्कुलले ज्ञानोदय स्कुललाई ३४–१५ अंकको अन्तरले पराजित गरेको छ। प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि धरान १८ वडाध्यक्ष एवं पुर्व डिपो विद्यार्थी संगठन अध्यक्ष प्रविण राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल सार्वजनिक गुठि संस्थाका अध्यक्ष भिमराज लिम्वुले संयुक्त रुपमा पानसमा द्धिप प्रज्वलन गरि उद्धघाटन गरेका थिए । 

कार्यक्रममा विशेष अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय अध्यक्ष भिमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल बास्केटवल संघ केन्द्रिय सदस्य रोशन राई, सुनसरी जिल्ला बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा डिपो आर्दश बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले स्वागत मन्तव्य राख्दै विद्यालय र कार्यक्रमको विषयमा प्रकाश पारेका थिए ।

basket1

कक्षा १० सम्मका खेलाडीहरु मात्र सहभागी प्रतियोगिताको विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि र हाइ स्कोर उपाधि विजेताले नगद एक हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ । व्यक्तिगत उपाधि विजेतका लागि जनही नगद एक हजार रुपैया उद्धघाटन कार्यक्रममा पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले दिने घोषण गरेका छन् ।

सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको सहयोगमा शुरु भएको हो । प्रतियोगितामा १४ वटा विद्यायलले सहभागिता जनाएको छ । प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ । डिपो स्कुललाई यहासम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिएका भएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा गत साल देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिता शुरु भएको थियो । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको छ ।

मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहेका थिए । उनकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यापन सुरु भएको थियो । उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।