धरानः दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा आयोजक डिपो स्कुल र कार्मेल स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।

शनिवार भएको पहिलो क्वाटर फाइनल खेलमा कार्मेल स्कुलले चिल्ड्रेन स्कुललाई ३९–३५ र दोस्रो क्वाटर फाइनल खेलमा डिपो स्कुलले समिट स्कुललाई २९–१६ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । कार्मेल र चिल्ड्रेन स्कुलले प्रत्येक क्वाटरमा १०–७, १३–९, ५–११ र ११–८ अंक जोडेको थियो । दोस्रो खेलमा डिपो र समिट स्कुलले ४–२, ५–६, ८–२ र १२–६ अंक जोडेको थियो ।

शनिबार नै भएको खेलमा युनाइटेड गोर्खाले धरान मेघा हिमालयनलाई ३१–२७ र होलिल्याण्ड स्कुलले हिमशिखर तरहरा स्कुललाई ५६–५४ अंकको अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ। खेलमा युनाइटेड गोर्खा र धरान मेघा हिमालयन विच भएको खेल निर्धारित समयमा वरावरीमा सकिएक पछि समय थप गरिएको थियो । थप समयमा ४–० को अग्रता लिदैं युनाइटेड गोर्खा विजयी भएको हो । निर्धारित समयको प्रत्येक क्वाटरमा १२–५,९–७,४–८ र २–७ अंक जोडेका थिए । होलिल्याण्ड र हिमशिखर तरहराले प्रत्येक क्वाटरमा १५–९, १५–१४, १७–१७ र ९–१४ अंक जोडे । 

 डिपो स्कुलका पुर्व व्यवस्थापन समिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा शुक्रवार देखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगितालाई सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको सहयोग रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ८ गते हुनेछ । धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा जारी प्रतियोगितामा भोलि आइतबार पहिलो क्वाटर फाइनल खेल सुनाखरी र होलिल्याण्ड स्कुलबीच हुनेछ भने दोस्रो क्वाटर फाइनल खेल प्रभात र युनाइटेड गोर्खा विच हुनेछ।