धरानः छैटौ पानवारी भलिबल कपमा साविक विजेता बाझगरा भलिबल क्लब धरान सेमिफाइनलमा प्रवेश गरेको छ । 

एमएमसी धरानलाई सोझो सेटमा पराजित गर्दै बाझगराले सेमिफाइनलमा कोशी प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमकसँगको भेट पक्का गरेको हो । दमकले २५–१४, २५–१७ र २५–२१ को सेटमा एमएमसीलाई पराजित गरेको हो ।

प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । शनिबारदेखि धरान ६ पानवारीमा शतबार्षिकी महोत्सव शुरु भएको छ । 

महोत्सव संयोजक न्यौपानेका अनुसार महोत्सव यही चैत २ गते सम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरु पनि छन् भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुनेछ । महोत्सवमा भोली बुधबार साँझ भाइबर साइमन र कुल ब्वाईको प्रस्तुती रहनेछ । पानबारीको कृषिजन्य स्थानीय उत्पादन, सहुलियत बजार पनि रहेको छ ।