धरान: छैटौ पानवारी भलिबल कपमा बेलबारी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टरलाई ३–२ को सेटमा पराजित गर्दै बेलबारी नगरपालिका सेमिफानलमा प्रवेश गरेको हो । सेमिफाइनलमा बेलबारी र आयोजक सयपत्री बोइज युनियन क्लबसँग बुधबार प्रतिष्पर्धा गर्नेछ ।

पहिलो सेट २०–२५ ले गुमाएको बेलबारीले दोस्रो सेट २५–१३ ले जित्यो भने तेस्रो सेट २५–२३ ले जित्दै अग्रता बनाएको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक चौथो सेट ३१–२९ ले जित्दै प्रहरी टिम २–२ को स्थितिमा पुगेको थियो । अन्तिम सेट १५–११ ले जित्दै बेलबारी विजयी भएको हो ।

प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । शनिबारदेखि धरान ६ पानवारीमा शतबार्षिकी महोत्सव शुरु भएको छ । महोत्सव संयोजक न्यौपानेका अनुसार महोत्सव यही चैत २ गते सम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरु पनि छन् भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुनेछ । 

महोत्सवमा भोली मंगलबार साँझ चर्चित गायिका अस्मिता अधिकारी र महाजात्रा चलचित्रको टिमको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।खपानबारीको कृषिजन्य स्थानीय उत्पादन, सहुलियत बजार पनि रहेको छ ।