धरान: तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा रारा भेट्रान क्लब राजारानी च्याम्पियन भएको छ ।

आज (शनिबार) धरान १६ स्थित रंगशालामा सम्पन्न फाइनलमा धरान भेट्रान फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै रारा भेट्रान च्याम्पियन भएको हो । रारा भेट्रानको लागि दुवै गोल देउ बहादुर लिम्बुले गरेका थिए । उनले दोस्रो हाफको २६ औं र ३२ औं मिनेटमा गोल गर्दै रारा भेट्रानलाई उपाधि दिलाए । दुवै टोलीले पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो ।

जितसँगै रारा भेट्रानले च्याम्पियन ट्रफी र नगद १ लाख ५ रुपैया हात पार्यो भने उपविजेता धरानले ६० हजार ५ रुपैयामा चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच रारा भेट्रानका देउबहादुर लिम्बु घोषित भए । उनले नगद २५ सय हात पारे । 

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी धरान भेट्रानका अशोक लिम्बु घोषित हुदै नगद ५ हजार पुरस्कार पाए । यस्तै, उत्कृष्ट गोलकिपर रारा भेट्रानका महेन्द्र घिमिरे, उत्कृष्ट डिफेन्डर राराकै सुरज श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर राराका सुमन श्रेष्ठ, उत्कृष्ट स्ट्राइकर धरान भेट्रानका सतिश केसी र उत्कृष्ट कोच राराका युवेन गुरुङ घोषित भए । सबैले जनही नगद ३ हजार पुरस्कार पाए । 

आयोजक हाम्रो धरान भेट्रान क्लबका अनुसार भोली (आइतबार) तेस्रो सुवास राई स्मृति सुपर ८ प्रतियोगिताको फाइनल हुनेछ । फाइनलमा वडा नं १४ र १७ बीच हुनेछ ।