धरान: धरानका उत्कृष्ट बर्ष खेलाडी तथा प्रशिक्षकलाई नगदसहित अवार्ड प्रदान गरिएको छ । 

धरान खेलकुद मञ्चले शुक्रबार धरान १५ स्थित होटल धरान किचनमा कार्यक्रम आयोजना गर्दै उत्कृष्ट बर्ष खेलाडी महिला र पुरुष तथा उत्कृष्ट बर्ष प्रशिक्षकलाई अवार्ड प्रदान गरेको हो । मञ्चले खेलाडीहरुलाई प्रोत्साहन गर्न र खेलकुदलाई व्यवसायिकरण गर्ने उद्देश्यले यो बषदेखि बर्ष खेलाडी तथा प्रशिक्षक अवार्ड दिन शुरुवात गरेको हो । 

मञ्चले बर्ष खेलाडी तथा प्रशिक्षक अवार्डको लागि छनौट गर्न पुर्वअध्यक्ष राजेशमान श्रेष्ठको अध्यक्षतामा एक समिति गठन गरेको थियो । धरान बर्ष खेलाडी पुरुषतर्फको अवार्ड टेवलटेनिसका सिद्धार्थ लामाले जितेका छन् । उनीसँगै फुटबलका सनम लिम्बु मनोनयनमा परेका थिए ।

भिडियो:

यसैगरि, महिला बर्ष खेलाडीमा जुडोबाट दिपिका आचार्जुले अवार्ड जितेकी छिन् । उनीसँगै बक्सिङकी जुनु लिम्बु पनि मनोयनमा परेकी थिइन् । धरान बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड सितोरियो करातेबाट किरण लामाले हात पारे । यो अवार्डको लागि उनीसँगै बक्सिङबाट निमा लामा मनोनयन भएका थिए । बर्ष खेलाडी तथा प्रशिक्षक अवार्ड जितेका खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार र विभिन्न पुरस्कार प्राप्त गरे ।

पपुलर राइजिङ प्लेयरको पुरस्कार भने फुटबलका सनम लिम्बुले प्राप्त गरे । उनलाई नगद ११ हजार प्रदान गरिएको थियो । खेलकुदमा जीवन सर्मपण गरेका दुई व्यक्तित्वलाई लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिएको थियो । यो अवार्ड राजेशमान श्रेष्ठ र गीता थापा मगरलाई प्रदान गरिएको थियो । दुवैले नगद ११ हजार, गिफ्ट ह्याम्पर पनि प्राप्त गरेका थिए । 

sports award2

sports award3

sports award4

sports award6

sports award5