धरान: अखिल नेपाल फुटबल संघ (एन्फा)ले छनौट गरेको यु १३ फुटवल खेलाडीहरु धरान १२ स्थित सुनाखरी एकेडेमीमा अध्ययन गर्ने भएका छन् ।

एन्फाले आगामी ४ बर्षको लागि कोशी प्रदेशका विभिन्न जिल्लाका ३० जना बाल खेलाडीहरु छनौट गरेको छ । ती खेलाडीहरुलाई धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आवाससहित राखेर फुटबल प्रशिक्षण दिइनेछ भने सुनाखरी एकेडेमीमा अध्यापन गराइनेछ । आइतबार स्कुलमा ३० जना बाल खेलाडीहरुलाई भव्यरुपमा स्वागत गरिएको थियो ।

स्कुलले अभिभावकहरुसहित खेलाडीकोरुपमा छनौट भएका विद्यार्थीहरुलाई स्वागत गरेको थियो । उमेर समुहमा एन्फाको यो चौथो ब्याच हो । एन्फा प्रदेश अध्यक्ष किशोर राईले आगामी १० बर्षमा नेपाली फुटबल विश्वकपमा प्रतिनिधित्व गर्ने गरि एन्फा लागिपरेको बताए । रोजगारमुखी खेलकुदको अभियानमा एन्फा रहेको भन्दै उनले खेलाडीहरुले उच्च नाम र दाम कमाउने विश्वास पनि व्यक्त गरे ।

suna

बालखेलाडीहरुलाई भविष्यमा व्यवसायिक खेलाडी बनाउने मात्र नभै असल नागरिक पनि बनाउने उद्देश्य रहेको राईको भनाई थियो । धरानस्थित एकेडेमीलाई अन्तराष्ट्रियस्तरको बनाउने घोषणा गर्दै उनले बालखेलाडीहरुलाई बिहान र बेलुका प्रशिक्षण दिइनेछ । साथै, अध्ययनको लागि समय तालिका पनि बनाउने उनले बताए । 

सुनाखरीका प्रिन्सिपल मिलनकुमार राईले विद्यार्थीहरुलाई पढाई मात्र नभै उनीहरुमा रहेको हरेक प्रतिभालाई सम्मान गर्दै उजागर गर्न प्लेटफर्म तयार गर्ने बताए । स्कुलले विद्यार्थीहरुलाई हरेक क्षेत्रको अतिरिक्त गतिविधिहरुमा पनि संलग्न गराउने भन्दै उनले जिम्मेवारी पुरा गर्ने पनि प्रतिवद्धता जनाए । विद्यालयका निर्देशक प्रदिप राईले पनि एन्फा र अभिभावकहरुको भरोसा टुट्न नदिने बताए । 

भिडियो: