धरान: एसईई परीक्षा २०८० मा सतप्रतिशत नतिजा ल्याउन सफल धरान १२ स्थित सुनाखरी एकेडेमीमा कक्षा ११ को लागि यही असार २० गते प्रवेश परीक्षा हुने भएको छ । 

सुनाखरी प्रिन्सिपल मिलनकुमार राईका अनुसार एसईई परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये २ जनाले ए प्लस ल्याएका छन् भने १४ जनाले ए र ६ जनाले बि प्लस ल्याएर उर्तीर्ण भएका छन् । 'यसपाली पनि एसईईमा हाम्रो विद्यालयको नतिजा सतप्रतिशत आयो,' प्रिन्सिपल राईले भने । एकेडेमीले एसईईमा शतप्रतिशत नजितासहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको पनि प्रिन्सिपल राईले बताए । 

एकेडेमीमा कक्षा ११ को लागि अब असार २० गते प्रवेश परीक्षाको तयारी भइरहेको छ । सुनाखरीमा विगत तीन बर्षदेखि प्लस टुमा कम्प्युटर साइन्स, होटल मेनेजमेनट र बिजनेस स्टडिजको अध्यापन भइरहेको छ । यसपाली भर्ना हुने विद्यार्थीहरु चौथो ब्याच हुनेछन् । हालसम्म पहिलो ब्याच राम्रो नतिजा ल्याएको छ भने दोस्रो ब्याचको रिजल्ट आउन बाकी रहेको सुनाखरीका अध्यक्ष प्रदिपकुमार राईले जानकारी दिए । 

sunakhari academy

सुनाखरीको शैक्षिक इतिहास निक्कै लामो छ । सुनाखरी एकेडेमी २०४५ सालमा सुनाखरी बोर्डिङ स्कुलको नाममा शुरु भएको थियो । २०५९ मा कम्पनी अन्तर्गत सुनाखरी एकेडेमीमा रुपान्तरण भएको हो । २०६४ सालदेखि कक्षा ६,७, ८ शुरु गरेको एकेडेमीले २०६७ सालदेखि एसएलसी परीक्षामा सहभागी हुन थालेको हो । हाल यहाँ प्ले ग्रुपदेखि १२ कक्षासम्म हाल पढाई भइरहेको छ

लामो शैक्षिक यात्राको क्रममा स्कुलले होस्टल सञ्चालनमा ल्याएको छ भने पढाईलाई आवश्यक पर्ने विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, स्तरीय कम्प्युटर ल्याब पनि छ । नृत्य, गायन, संगीत र खेलकुदलाई पनि पढाईसँगै अगाडि बढाइरहेको सुनाखरीले थुप्रै उपलब्धीहरु पनि हासिल गरिसकेको छ । कराते, डान्स, बास्केटवल, टेवल टेनिस, ब्याण्डमिन्टन, सेपाक ताक्रो खेल स्कुलले प्रशिक्षणको व्यवस्था गरेको छ । 

स्कुलको आफ्नै बस पनि सञ्चानलमा छ । ‘गुणस्तरीय शिक्षा सँगसँगै हामीले विद्यार्थीको सर्वांगिण विकासमा ध्यान दिएका छौं । खेलकुदलाई पनि प्राथमिकता दिएका छौं,’प्रिन्सिपल राईले भने,‘अध्यापनको लामो अनुभव भएका दक्ष शिक्षक, शिक्षिकहरु पनि हुनुहुन्छ ।’ 

sunakhari1

sunakhari2