धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आज शनिबार धरानमा कोरा राईड २०२४ साइक्लिङ च्यालेन्ज इभेन्ट सम्पन्न भएको छ । 

प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा आयोजित राइडमा १६० भन्दा बढी साइक्लिष्टहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि एवं मितेरी विकास बैंकका सिइओ तुलसीप्रसाद वस्ती र वडा नं २ का अध्यक्ष रमेश राईले संयुक्तरुपमा रिबन काटेर बिहान साढे ७ बजे भानुचोकबाट राइड शुरु भएको थियो । 

कोरा राईड २९ किलोमिटर दुरी पार गर्दै धरान १९ स्थित हरियाली सामुदायिक वनमा पुगेर समापन भएको थियो । राइडमा तरहरा, विराटनगर, दमकबाट पनि साइक्लिष्टहरु सहभागी भएको आयोजक एवं प्लाडलर्स धरानका संयोजक किसन मास्केले जानकारी दिए ।

kora5 copy

हरेक बर्ष जुलाई महिनाको तेस्रो शनिबार धार्मिक पर्यटकीयस्थलहरुको परिक्रमा गर्दै कोरा राइड हुने गरेको छ । यो कार्यक्रमको प्रमुख उद्देश्य मठमन्दिर तथा  धार्मिकस्थलहरुको प्रर्वद्धन र पर्यटन प्रर्वद्धन गर्ने रहेको पनि संयोजक मास्केले बताए । रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले साइक्लिङले मानिसको स्वास्थ्य र वातावरणलाई पनि फाइदा पुग्ने भएकोले प्रर्वद्धन गर्न क्लब अघि सरेको बताए । 

हरियाली वन समुहमा आयोजित समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । रोटरी क्लबका अध्यक्ष श्रेष्ठको सभापतित्वमा आयोजित समापन समारोहमा प्रमुख अतिथि धरानका उपमेयर अइन्द्रबिक्रम बेघा, बिशिष्ट अतिथि एवं निवर्तमान मेयर तिलक राईले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमलाई उपमेयर बेघा र निवर्तमान मेयर राईले सम्बोधनसमेत गरेका थिए ।

kora2 copy

धरानमा सन् २०१७ देखि नियमित आयोजना हुन थालेको हो । यसपाली प्याडलर्स धरान र रोटरी क्लबले पहिलो पटक यो इभेन्ट आयोजना गरेको हो । सहभागी शुल्क तथा अतिरिक्त आर्थिक सहयोग संकलन भएर वचत भएको रकमले विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरु वा सामुदायिक विद्यालयहरुलाई सहयोग गर्ने पनि आयोजकको भनाई छ । 

भिडियो:

भिडियो: