धरान: तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको दोस्रो दिन प्रभात वार्डिङ्ग, समिट सेकेन्डरि, विष्णु मेमोरियल, सियोन र हिमशिखर वोर्डि स्कुल तरहरा विजयी भएको छ ।

शुक्रवार भएको दोस्रो दिनको पहिलो खेलमा प्रभात स्कुलले होलिल्याण्ड स्कुलाई ३२–३१, दोस्रो खेलमा समिट स्कुलले सत्यशिसु निकेतन स्कुललाइ ३२–१७, तेस्रो खेलमा विष्णु स्कुलले आइडल स्कुललाई २७–१८, सियोन स्कुलले पुर्वाञ्चल वोर्डिङ्ग स्कुललाई ५१–२४ र पाचौ खेलमा हिमशिखर स्कुल तरहराले युनाइटेड गोर्खा एकेडेमिलाई ४१–५ अंकको अन्तरले पराजित गरको छ ।  पहिलो खेलमा प्रभात स्कुल र होलिल्याण्ड स्कुलले प्रत्येक क्वाटरमा ८–७, ६–१३, १०–६ र ८–६ अंक जोडेको थियोे । दोस्रो खेलमा समिट स्कुल र सत्यशिसु स्कुलले प्रत्येक क्वाटरमा १२–४, ६–५, १०–२ र ४–६ अंक जोड्यो ।

     यसै गरि तेस्रो खेलमा विष्णु स्कुल र आइडल स्कुलले प्रत्येक क्वाटरमा ७–०, ६–९, ३–७ र ११–२ अंक जोडेको थियो । चौथो खेलमा सियोन स्कुल र पुर्वाञ्चल वोर्डिङ्ग स्कुल तरहराले १५–५, १५–३, ११–२ र १०–१० अंक जोड्यो । दोस्रो दिनको अन्तिम खेलमा हिमशिखर वोर्डि स्कुल तरहरा र युनाइटेड एकेडेमिले प्रत्येक क्वाटरमा ९–३, १२–०, ४–२ र १६–० अंक जोडेको थियो ।

भोलिको खेल लोटस विद्या मन्दिर र सुनाखरी एकेडेमि, विष्णु मेमोरियल र सियोन स्कुल, दिल्लि पव्लिक र समिट स्कुल र हिमशिखर तरहरा र प्रभात स्कुल विच प्रतिस्पर्धा हुनेछ । डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा आयोजित प्रतियोगिताको सम्पुर्ण खेल आयोजक डिपो स्कुलको बास्केटवल कोर्टमा संपन्न भइरहेको छ ।  प्रतियोगितामा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको छ।      
तस्वीर : बिकास चाम्लिङ राई