धरान: तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवल रनिङ कपमा धरान १६ स्थित सियोन स्कुल च्याम्पियन भएको छ ।

डिपो स्कुलको बास्केटवल कोर्टमा सोमबार सम्पन्न फाइनल खेलमा धरानकै प्रभात बोर्डिङ स्कुललाई ३५–१७ को फराकिलो अंकले हराउदै सियोन च्याम्पियन भएको हो । च्याम्पियन सियोजनले रनिङ ट्रफीसँगै नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता प्रभातले ट्रफीसँगै नगद ७ हजार ५ सय, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । 

खेलको पहिलो, दोस्रो र तेस्रो क्वार्टरको खेल निक्कै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो क्वार्टरमा सियोनले ४ र प्रभातले २ स्कोर गरेको थियो भने दोस्रो क्वार्टरमा सियोनले ७ अंक थप्दै कुल ११ अंक पुर्यायो । प्रभातले पनि ४ अंक थपेर दोस्रो क्वार्टरको खेल सकिदा कुल ६ अंक बटुलेको थियो । तेस्रो क्वार्टरमा दुवै टिमले समान ६ अंक बटुल्दै कुल सियोनको १७ र प्रभातको १२ स्कोर भएको थियो । 

अन्तिम तथा चौथो क्वार्टरमा भने प्रभातमाथि सियोन हावी बन्यो । प्रभातलाई ५ स्कोर मात्र गर्न दिएर कुल १७ अंकमा समेटेको सियोनले चौथो क्वार्टरमा १८ स्कोर गर्दै कुल ३५ अंक बटुल्दै फराकिलो अन्तरमा जित हात पार्दै च्याम्पियन बन्यो । 

basket mvp copy

प्याराडाइज इलिस बोर्डिङ स्कुल इटहरीका प्रिन्स खत्रीले उदयीमान खेलाडीको पुरस्कार हात पारे । प्रतियोगिता अवधिमा सबैभन्दा धेरै ७६ स्कोर गर्ने खेलाडी सियोन स्कुलका सम्यक राईले हाइ स्कोररको पुरस्कार जिते भने उनी नै प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर (एमभिपि) को पुरस्कार पनि जिते । 

विजेता तथा उपविजेता स्कुलका खेलाडी, व्यक्तिगत पुरस्कार विजेता खेलाडीहरुलाई डिपो स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्बर बहादुर लिम्बु, प्रमुख अतिथि एवं कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाचकर्ण राई, बिशेष अतिथि एवं प्रदेशसभा सदस्य विजयकुमार राई, प्रिन्सिपल राजकुमार राई, ब्रिगेड युनिट वेलफेयर अफिसर बिजिएम काठमाण्डौंका मेजर राजिव श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

भिडियो: