धरान: तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको उपाधिको लागि सियोन स्कुल र प्रभात इङ्गिलस बार्डिङ स्कुल फाइनलमा भिड्ने भएको छ ।

धरान १६ स्थित रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा आइतबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा सियोन स्कुलले लोटस इङ्गिलस बोर्डिङ स्कुललाई र दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले दिल्लि पव्लिक स्कुललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । बर्षाको कारण डिपो स्कुलको बास्केटवल कोर्टमा सेमीफाइनल खेल हुन नसकेपछि रंगशालाको इन्डोर कोर्टमा आयोजना गरिएको थियो । 

पहिलो सेमिफाइनल खेलको प्रत्येक क्वाटरमा सियोन स्कुल र लोटस स्कुलले ७–४, ८–२, ७–८ र १०–३ अंक जोडेको थियो । दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुल र दिल्लि पव्लिक स्कुले प्रत्येक क्वाटरमा ३–७, १०–०, ७–६ र ६– अंक जोडेको थियो । 

प्रतियोगिताका उपाधि विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)ले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा आयोजित  प्रतियोगितामा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग रहेको छ ।      

समापनमा प्रदेशका मन्त्री आउने

प्रतियोगिताको समापनमा कोशी प्रदेशका सामाजिक विकाश मन्त्री पाचकर्ण राई प्रमुख अतिथिकोरुपमा आउने भएका छन् । फाइनल खेलसंगै उनलाई विद्यालय व्यवस्थापन समितिले विद्यालयको अवलोकन गराउने कार्यक्रम पनि रहेको छ । फाइनल पुगेका प्रभात स्कुल र सियोन स्कुलले उपाधिका लागि सोमवार आयोजक डिपो स्कुलको बास्केटवल कोर्टमा प्रतिस्पर्धा गर्नेछ ।

तस्विरः बिकास चाम्लिङ राई