धरान: तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता शुरु भएको छ । 

धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा शुरु भएको प्रतियोगिताको उद्घाटन सोमबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गरेका थिए । प्रतियोगिताको उद्धघाटन खेलमा धरान आर्दश कलेज विजयी भएको थियो । धरान आर्दशले सुनाखरी स्कुललाई ६६–४७ अंकको अन्तरले पराजित गरेको थियो । खेलमा धरान आर्दश र सुनखरीले प्रत्येक क्वाटरमा २०–१०, १०–११, १७–१७ र १५–९ अंक जोडेका थिए ।

यस्तै, अर्को खेलमा धरान मेघा ए टिमले डिपो वि टिमलाई ४१–२६ र सियोन स्कुलले युनाइटेड गोर्खा एकेडेमीलाई ५९–११ अंकको अन्तरले पराजित गर्यो । मेघा ए र डिपो वि टिमले प्रत्येक क्वाटरमा ९–२, १३–७, ११–४ र ९–१३ अंक जोडेका थिए । यसैगरि, सियोन स्कुल र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा २३–१, १०–५, १०–३ र १६–२ अंक जोडेका थिए ।

hikmat3 copy

दिवंगत पुर्व बास्केटवल खेलाडि रेवाहाङ राईको स्मृतिमा विगत तिन बर्षदेखि धरान मेघा हिमालयन कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सुरु भएको हो । धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।

१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ ।प्रतियोगिताका विजेता टिमले नगद २५ हजार, उपविजेताले नगद १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ। पुष ५ गतेसम्म हुने प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटल कोर्टमा हुनेछ ।

rewahang basket1

धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा बिशेष अतिथिकोरुपमा कोशी प्रदेशका सांसद रमेश बस्नेत, सांसद विजय राई, सांसद यशोदा कायस्थ, पुर्व प्रतिनिधिसभा सदस्य जयकुमार राई, धरानका निवर्तमान मेयर तिलक राई, एमाले केन्द्रिय सदस्य एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय अध्यक्ष भिमज्वाला राई, धरानका उपमेयर अइन्द्रविक्रम वेघा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविणलगायतको उपस्थिति रहेको थियो ।