धरान : डिफेन्डिङ च्याम्पियन एनाआरटी काठमाण्डौ धरानमा जारी २४ औं बुढासुब्बा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा केएफटिसी झापालाई ३-१ गोलअन्तर हराउदै सेमीफाइनल प्रवेश गरेको हो । एनआरटिको लागि खेलको ४८ औ मिनेटमा शिशिर लेखीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, एनआरटिका लागि दोस्रो गोल ६१ औं मिनेटमा सरोज घिसिङले गरेका थिए भने ७९ औं मिनेटमा रोहन खड्गीले तेस्रो गोल गरेका थिए ।
झापाको लागि ६२ औं मिनेटमा रोबर्ट कोङ्जोले गरेको गोल सान्त्वनामा सिमित भयो । खेलको म्यान अफ दि म्याच एनआरटिका शिशिर लेखी घोषित हुँदै नगद १० हजार, ट्रफी हात पारे । बिजेता एनआरटिले बिहिवार युकेएफसी भारतसङ्ग सेमीफाइनल खेल्नेछ । भोली बुधबारको पहिलो सेमीफाइनल खेल चर्च ब्वाइज युनाइटेड र आरटिसी भुटानबिच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।