धरान: सरकारी वार्ता टोली र नो केवलकार आन्दोलन पक्षबीच सहमति भएपछि धरानबाट पक्राउ परेकाहरु मंगलबार राती छुटेका छन्।

गृहमन्त्रालयमा भएको ६ बुँदे सहमतिमा आन्दोलनको क्रममा पक्राउ परि थुनामा रहेका बन्दीहरुको तत्काल रिहाई प्रक्रिया प्रारम्भ गर्ने पनि उल्लेख थियो । सोही सहमति वमोजिम आइतबार यातायात बन्दको क्रममा धरानको भाुनचोकबाट समातिएका जसपा नेपालका नगर उपाध्यक्ष सुमन चोम्जोङसहित ६ जना रिहा भएका हुन् । 

ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई राती करिब ११ बजे रिहा गरेको थियो । रिहा भएपछि ६ जनालाई भानुचोकमा अबिर, खादाले स्वागत गरेका थिए । रिहा हुनेहरुमा सुमन चेम्जोङसहित नागरिक उन्मुक्ति पार्टीका युवा कार्यकर्ताहरु योगेन्द्र तामाङ, दिवस राई, सन्दिप लिम्बु, शशी घले र किसन राई रहेका छन् । 

mukumlung sahamati1

रिहा भएकाहरुलाई भानुचोकमा बधाई तथा स्वागत गर्दै वक्ताहरुले माघ २७ गते हुने वार्तासम्मको लागि यातायात बन्दको कार्यक्रमलाई स्थगन मात्र गरिएको बताए । उनीहरुले उक्त दिनको वार्तामा केवलकार निर्माण कार्य खारेज हुने निर्णय वा सहमति नभए पुनः सशक्त आन्दोलन गर्ने पनि बताएका छन् । कोणसभामा रिहा भएका सुमन चेम्जोङ, राष्ट्रिय जनमक्ति पार्टीका संघीय अध्यक्ष केपी पालुङ्वा र आन्दोलनका संयोजक एवं किरात याक्थुङ चुम्लुङका सुनसरी जिल्ला अध्यक्ष मोहन हुक्पाचोङवाङले मन्तव्य व्यक्त गरेका थिए । 

भिडियो: