धरान: ९ औं हराईजन बास्केटवल रनिङ कपमा त्रिभुवन आर्मी र धरान टिम कालो प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । 

समुह ए मा रहेको आर्मीले लिग चरणमा खेलेको दुवै खेलमा जित हात पार्दै ४ अंकसहित शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो । यस्तै, समुह बीमा रहेको धरान टिम कालोले पनि दुवै खेलमा जित हासिल गर्दै ४ अंकसहित शीर्ष स्थानमा रहेर फाइनल प्रवेश गरेको हो।

श्रीमाविको बास्केटवल कोर्टमा सोमबार सम्पन्न पहिलो खेलमा आर्मीले विशाल मिलन केन्द्र काठमाण्डौंलाई ८९–७६ को स्कोरले हरायो । पहिलो क्वार्टरमा १३–२५ स्कोरले आर्मी विशाल मिलन केन्द्रसँग पछि परेपनि खेलमा फर्कदै दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः २७–१७, २६–२० र २४–१४ स्कोरले जित हासिल गर्यो । 

उक्त खेलको म्यान अफ दि म्याच रामकृष्ण घतानी तामाङ घोषित हुदै नगद ५ हजार हात पारे । उनले खेलमा व्यक्तिगत २७ स्कोर गरेका थिए । आर्मीले पहिलो खेलमा धरान टिम हरियोलाई पराजित गरेको थियो ।

basketbal copy

यसैगरि, दोस्रो खेलमा धरान टिम कालोले विराटनगर बास्केटवल एकेडेमी मोरङलाई ७४–५८ स्कोरले पराजित गर्यो । धरानले पहिलो, दोस्रो र तेस्रो क्वार्टरमा मोरङलाई २०–८, १५–१४ र २१–१८ स्कोरले पछि पारेको थियो भने चौथो क्वार्टरमा दुवै टिमले १८–१८ स्कोर गरेपनि धरानलाई विजयी हुनबाट मोरङले छेक्न सकेन । उक्त खेलको म्यान अफ दि म्याच सर्वो राई घोषित हुदै नगद ५ हजार हात पारे । यसअघि धरान टिम कालोले झापालाई पराजित गरेको थियो । 

प्रतियोगिताको फाइनल खेल भोली मंगलबार धरान टिम कालो र त्रिभुवन आर्मीबीच दिउँसो २ बजेदेखि हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद १ लाख ५१ हजार १११ रुपैया पुरस्कार पाउनेछ भने उपविजेताले ७५ हजार रुपैया पाउनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार, उदयीमान खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने पनि आयोजक हराईजन क्लबले जनाएको छ । 

basket 9th2 copy