धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कप फुटबल प्रतियोगितामा धरानको वडा नं १४ सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा जारी रात्रीकालिन फुटबल प्रतियोगितामा शुक्रबार राती वडा नं ६ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा १४ सेमीफाइनल प्रवेश गरेको हो । वडा १४ को लागि दुवै गोल आशिष पुरीले गरेका थिए भने वडा ६ का अर्जुन लिम्बुले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो भने तीन वटै गोल दोस्रो हाफमा भएको थियो । 

खेलको ५३ औ मिनेटमा वडा १४ का आशिष पुरीले गोल गर्दै खाता खेलेर टिमलाई अग्रता दिलाएका थिए । तर ६३ औं मिनेटमा वडा ६ का अर्जुनले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए । इञ्जुरी समयमा फ्रिकिकबाट आएको वल डिबक्सबाट क्लियर नभएको मौकामा हेडमार्फंत आशिषले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पनि उनी नै घोषित भए । प्रतियोगितामा भोली शनिबार वडा नं ५ र वडा ११ बीच तेस्रो क्वार्टरफाइनल खेल हुने आयोजक गोधुली क्लबले जनाएको छ । 

भिडियोः